नाकाबन्दी गर्ने देशहरूको औषधि हटाउन मन्त्रालयको निर्देशन
कतार माथि नाकाबन्दी गर्ने साउदी अरेबिया,युएई,बहराइन र इजिप्टको औषधि हटाउन सम्पूर्ण फार्मेसीलाई मन्त्रालयले निर्देशन जारी गरेको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गत फार्मेसी तथा औषधि नियन्त्रण विभागले आज सूचना प्रकाशित गर्दै औषधि तथा ब्युटी पदार्थ तत्काल हटाउन बताएको हो।
निर्देशन कार्यान्वयन बारे हेर्न विभागको कर्मचारीहरु निरन्तर निरीक्षणमा खटिने सूचनामा उल्लेख गरिएको छ।
यसअघि गत महिना अर्थ मन्त्रालयले नाकाबन्दी गर्ने राष्ट्रहरूको सामान देशको सुपरमार्केट, मल तथा अन्य पसल बाट हटाएको थियो।
मन्त्रालयको सो निर्देशनले छिमेकी राष्ट्रबाट आउने औषधि तथा ब्युटी पदार्थलाई असर पुर्याउनेछ।त्यसको बदलामा भने पर्याप्त मात्रामा टर्की,भारत लगायत अन्य युरोप राष्ट्रबाट आयात गरिएको औषधि बजारमा उपलब्ध रहेको मन्त्रालयले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो