निजि क्षेत्रलाई इदमा तीन दिन बिदा हुने
इद अल फित्रको अवसरमा कतारमा निजी क्षेत्रलाई तीन दिन बिदा दिने श्रम मन्त्रालयले बताएको छ ।
उक्त क्षेत्रलाई इदमा न्यूनतम तलब सहित तीन दिन बिदा पाउने श्रम कानूनको धारा ७४ मा पनि उल्लेख गरिएको छ।
यद्यपि अत्यावश्यक काम गर्नुपर्ने कम्पनीको अवस्थामा इदको पहिलो दिन अनिवार्य बिदा र बाँकी दुई दिन काम लगाए ओभरटाइम दिनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
3
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो