‘नेपथ्य’ कन्सर्टको प्रचार प्रसार व्यापक रुपमा हुँदै
झन्डै पाँच बर्षको अन्तराल पश्चात फेरि कतारमा नेपालको चर्चित लोक रक सांगीतिक समुह नेपथ्यको प्रस्तुती हुने भएको छ । “शान्तिको लागि संगीत” भन्ने नारा का साथ हुन लागेको ‘नेपथ्य लाइभ इन दोहा’ आउने बक्र ईदको दोस्रो दिन सनैया स्थित ग्रान्ड मलको पछाडि रहेको एम्पिथियटरमा हुँदैछ । त्यसका लागि आयोजक पक्षले यतिखेर प्रचार प्रसार व्यापक रुपमा गरिरहेको छ ।
सन् १९९१ मा स्थापना भएसँगै ९ वटा एल्बम प्रकाशित गरिसकेको नेपथ्यका गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ । नेपथ्यको रेशम , भेडाको उन जस्तो , सकर्णाली , जोगले हुन्छ भेट , सिरानमा फोटो छ लगायत अन्य थुप्रै गित चर्चित छन् ।
संगीतिक मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले हरेक पुस्ताका नेपालीलाई नेपाली गीत संगीतमा चाख र गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको दोर्सो कतार यात्रालाई ऐतिहासिक र भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने आयोजक लक्ष्मण प्रसाद चौलागाई र दिपक भण्डारीले बताउनु भएको छ ।
कार्यक्रमको नाम : नेपथ्य लाइभ इन दोहा
मिती : बक्र ईदको दोस्रो दिन
समय : साँझ ५ बजे
स्थान : सनैया स्थित ग्रान्ड मलको पछाडि रहेको एम्पिथियटर
टिकट दर : ३५ , ५० र १०० रियाल