नेपालको पानी कतारमा बिक्रि हुन थाल्यो
नेपालको पानी “रसुवा” कतारमा बिक्रि हुन थालेको छ ।
रसुवा जिल्लाको धुन्चेको मुहान बाट तयार गरिएको बोतल पानीलाई रुद्र गंगा नेचुरल वाटरले उत्पादन तथा बिक्रीवितरण गरेको हो ।
हवाईमार्ग हुँदै पहिलो चरणमा कम्पनीले ८ टन पानी कतार निर्यात गरिसकेको छ । आगामी दिनमा निर्यातलाई दोब्बर पार्ने कम्पनीको लक्ष्य छ ।
यता कतारमा पानी परिक्षण र प्रमाणितको प्रक्रिया पूरा भैसकेको छ । यहाँको बजारमा ३३० एमएल पानीको बोतललाई ३.५० रियाल पर्नेछ।
कम्पनीले यसअघि जापन , चीन र हङकङमा पानी निर्यात गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
One Comment