नेपालको फराकिलो जित
आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले फिलिपिन्सलाई भारी अन्तरले पराजित गरेको छ । अल अरबी स्पोर्ट्स क्लबको मैदानमा हिजो भएको खेलमा नेपालले फिलिपिन्सलाई ९-० ले हराएको हो ।
पहिलो हाफमा टिमले दोस्रो रोजाईको खेलाडीहरुलाई मैदानमा उतारेको थियो । खेलको १२ औं मिनेटमा राज कुमारले क्रस गरेको बलालाई विपक्षी टिमको डिफेन्सले आत्मघाती गोल गरे ।
दोस्रो हाफमा मुख्य खेलाडीहरुको साथमा मैदान उत्रेको नेपालले ९ गोल गर्न सफल भयो । खेलमा राकेश सापकोटाले ३५,सयन्सु भुसालले ३९ र ४२,सन्जय मण्डलले ४५,कप्तान अर्जुन सुब्बले ५० र ५५ र सुरेन्द्र बुढाथोकीले ३३ र ६२ औं मिनेटमा गोल गरेका थिए ।
नेपालले पछिल्लो खेलमा बाङ्लादेशलाई ५-० ले पराजित गरेको थियो र भारत संग १-१ को बराबरी खेलेको थियो ।
नेपालले अर्को खेल फेब्रुअरी २० तारिक दक्षिण कोरियासंग अल अरबी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा राती ८ बजे खेल्नेछ ।
खेल तालिका