नेपालमा भोलि सार्वजनिक बिदा
कतारका अमिर शेख तमिम बिन हमाद अल थानि नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
अमिर दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल जानेछन् ।
बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
2
मनपर्यो
21
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
1
हाँसो लाग्यो
2
रीस उठ्यो