बिज्ञापन

नेपालले भोलि दक्षिण कोरियाको सामना गर्दै

कतार फुटबल एसोसिएसन(क्युएफए) को आयोजनामा जारी अाठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपालले भोलि दक्षिण कोरियाको सामना गर्दैछ। खेल अल अरबी स्टेडियमको मैदानमा राती ८ बाट सुरू हुँदैछ। खेलको लागि प्रवेश निशुल्क रहेको छ ।

आफ्नो पहिलो खेलमा नेपालले बाङ्लादेशलाई ५-० गोलले हराएको थियो । त्यस्तै भारत संग १-१ को बराबरी र फिलिपिन्सलाई ९-० ले हराएको थियो ।

 

प्रतियोगितामा नेपाल संगै समूह ‘ए’ मा फिलिपिन्सस, दक्षिण कोरिया,भारत, इन्डोनेसिया, बंगलादेश संग रहेको छ । त्यस्तै समूह ‘बि’ मा जोर्डन,लेबनान,प्यालेस्टाइन, मलेसिया, श्रीलंका र जापान छन् । यो वर्ष जनवरी ९ बाट शुरू भएको प्रतियोगिता मार्च २० सम्म चल्नेछ ।

हाल सम्म उपविजेता सम्मको यात्रा मात्रै चाखेको नेपाली टोली यो संस्करणमा केही नयाँ खेलाडीका साथ विजेता बन्ने लक्ष्य लिएर अगाडी बढेको छ। टिमले यो वर्ष खेलाडी चयन समेत गरेको थियो।

खेल तालिका 

खेल मैदान जाने बाटो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button