"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

नेपाली सिनियर क्रिकेट टिममा २० खेलाडी, नरेश र अनिल टिममा परेनन्, महबुबले नाम फिर्ता लिए

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँगको खेलका लागि नेपालले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले बुधबार दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो ।

दोस्रो चरणको छनोटमा मेहबुब आलम, नरेश बुढायर, अनिल मण्डल र सौरभ खनाल परेका छैनन् । पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका सुशन भारी, विक्रम शोव र सुनिल धमला पनि टिममा परेनन् । सुशनले यसअघि हङकङविरुद्धको पहिलो खेल खेलेका थिए । मेहबुब र सौरभले इन्जुरीको कारण बन्द प्रशिक्षणबाट नाम फिर्ता लिएका हुन् । अस्वस्थताका कारण हङकङसँगको टोलीमा नरहेका शक्ति गौचन टोलीमा परेका छन् ।

दोस्रो चरणको बन्द प्रशिक्षणका लागि यू–१९ एसिया कप खेलेका तीन खेलाडी परेका छन् । यु–१९ का कप्तान दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने र अनिल कुमार साह टोलीमा परेका छन् । युएईसँग खेल्ने अन्तिम टोलीको तय भने केही दिनमा आउने छनोट कमिटीले जनाएको छ ।

च्याम्पियनसिप अन्तर्गत सातौं चरणमा नेपालले युएईसँग आगामी डिसेम्बर ६ र ८ मा खेल्दैछ । दुई टोलीबीचको खेल अबुधावीको शिख जायेद रंगशालामा हुनेछ । च्याम्पियनसिपबाट नेपाल र युएई दुवै टोली डिभिजन–२ मा घटुवा भइसकेका छन् । च्याम्पियनसिपको छैटौं स्थानको लागि नेपालले ९ अंक जोडेको छ भने पुछारको युएईले ६ अंक जोडेको छ ।

दोस्रो चरणको छनोटमा परेका खेलाडी

पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
विनोद भण्डारी
वसन्त रेग्मी
शक्ति गौचन
सोमपाल कामी
सागर पुन
करण केसी
दिपेन्द्र सिंह ऐरी
सन्दिप लामिछाने
जितेन्द्र मुखिया
आशिफ शेख
अनिलकुमार साह
दिलिप नाथ
हसिम अन्सारी
कुशल भुर्तेल
सुशील कँडेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button