नेपाल जानको लागि पिसिआर परिक्षण कहाँ गर्ने ?
कतारमा कोभिड-१९ को परिक्षण अस्तव्यस्त बनेपछि स्वास्थ्य मन्त्रालयले नयाँ नीति जारी गरेको छ । नेपाल जानको लागि पिसिआर परिक्षणको अहिले नतिजा समयमै आउने गरि दुई स्थानमा गर्न सकिन्छ ।
ड्राइभ थ्रु सेन्टर
-एपोईन्टमेन्ट लिन नपर्ने ।
-हवाई टिकट देखाउनु पर्ने ।
-हेल्थ कार्ड र एह्तेराज एपमा हरियो कोड चाहिने ।
-सवारी/ट्याक्सीमा मात्र जान पाइने । हिडेर जादा प्रवेश नपाइने । एउटा सवारीमा ४ जना सम्म जान पाइने । बस लान नपाइने ।
-१६० रियाल शुल्क लाग्ने । कार्ड बाट मात्र भुक्तानी हुने, पैसा नचल्ने ।
-नतिजा २४ देखि ४८ घन्टा भित्र आउने । नतिजा मोबाइलमा आएपछि नजिकैको पिएचसिसि हेल्थ सेन्टरमा गएर प्रमाण लिने ।
-हप्ताको सातै दिन बिहान ८ देखि राती १० बजे सम्म खुल्ने ।
सिद्रा मेडिसिन
– एपोईन्टमेन्ट लिनुपर्ने । एपोईन्टमेन्टको फारम भर्न यहाँ थिच्नुहोस ।
-एपोईन्टमेन्ट लिएपछि अन्य कागज पत्र नचाहिने ।
– १६० रियाल (सिमित व्यक्ति ) नतिजा १८ देखि २४ घण्टा भित्र आउने ।
– ३०० रियाल, १८ घण्टा भित्र नतिजा आउने ।
– ६०० रियाल, ४ घण्टा भित्र नतिजा आउने।