"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

नेपाल फर्कन के-के कागजपत्र चाहिन्छ ?

कोभिड-१९ को महामारी कम भएसंगै नेपाल जाने प्रक्रिया पनि सामान्य बन्दै गैरहेको छ ।यतिखेर नेपाल सरकारले अनिवार्य पिसिआरको नियम पनि हटाइसकेको छ ।

अहिले नेपाल फर्कदा चाहिने कागजपत्र

 

खोप लगाएको प्रमाणपत्र 

नेपाल फर्कदा दुबै डाेज खोप लगाएको प्रमाणपत्र आवश्यक पर्दछ । खोप लगाएको छैन भने नेपाल पुग्न ७२ घन्टा अघि गरेको नेगेटिभ पिसिआर रिपोर्ट चाहिन्छ।

सिसिएमसी फारम

यो फारम पहिले नेपालको विमानस्थलमा पुगेपछि भर्नुपर्ने जस्तै अनलाइन फारम हो । कोभिड १९ को परिस्थितिले यो फारम अहिले विश्वको कुनै पनि देश बाट उडान मार्फत नेपाल जादा भर्नुपर्छ । फारम नेपालमा गएर भर्दा पनि हुन्छ तर अहिले नै भरेर गए विमानस्थलमा आफैलाई सजिलो हुनेछ ।

फारम कसरी भर्ने ?

१. कोभिड १९ महामारी ब्यबस्थापन समितिको वेबसाईटमा जानुहोस ।

२. फारम भर्दा कुनै दुविधा भएमा Correction Support मा गई सही इमेल, राहदानी नं. आदि मागिएको विवरण राखी खुलस्त रूपमा के गर्नुपर्ने हो Feedback पठाउनुहोला ।

३. रातो चिन्ह लगाइएका विवरण नछुटाई भर्नुहोला । सही विवरण उपलब्ध भएपश्चात मात्र उक्त इमेलमा थप जानकारी पठाइनेछ ।

४.फारम भरिसकेपछि आएको तपाइँको Bar Code को Screenshot गरी मोबाइलमा राख्नुहोस वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला ।

५. यदी पहिला नै यो फारम भरिसकेको भए फेरी दोहोराएर नभर्नुहोस् । आफूले पहिले प्राप्त गरिसक्नुभएको Bar Code उल्लेख गरी अध्यावधिक गराउनु पर्ने विवरणलाई Correction Support मा गई भरेर पठाउनुहोला ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
40
मनपर्‍यो
खुसी लाग्यो
141
खुसी लाग्यो
दुःख लाग्यो
30
दुःख लाग्यो
रुन मन लाग्यो
14
रुन मन लाग्यो
हाँसो लाग्यो
8
हाँसो लाग्यो
रीस उठ्यो
20
रीस उठ्यो
बिज्ञापन
Back to top button