"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

नेपाल यू-१९ एसिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

नेपाल एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशले भारतलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो अन्तिम खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरे पनि सेमिफाइनलको टुंगो भने बंगलादेश र भारतबीचको खेलले गराएको हो । नेपाल एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो ।

४६ रनको झिनो चुनौती पाएको नेपालले ५।३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । नेपालको जितमा ओपनर अनिल कुमार शाहले २६ रन बनाए । उनले नटआउट १५ बलमा ३ छक्का र एक चौका प्रहार गरे । नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले ३ बलमा २ छक्काको मद्दतमा १२ बनाए भने र आसिफ शेखले ४ रनमा आउट भए । निकै विस्फोटक ब्याटिङ गरेको नेपालले यो प्रतियोगितामा सबै भन्दा कम ओभरमा जित निकालेको हो ।

Advertisement

आफ्नो अन्तिम खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेको हो । बंगलादेशको जितमा ओपनर पिनाक घोषले नटआउट ८१ रन बनाए । टस हारेर पहिलो ब्याटिङ गरेको भारतले ३२ ओभरमा छोट्याइएको खेलमा ८ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।

समूह ए बाट बंगलादेश विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । बंगलादेशले ३ खेलमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने नेपालले २ खेलमा जित र १ खेलमा हारसहित सेमिफाइनलमा प्रवेश गरेको हो । भारत भने २ खेलमा हार र एक खेलमा जित्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

सेमिफाइनलमा नेपालले आफ्नो प्रतिद्धन्दीको रुपमा अफगानिस्तान पाएको छ । अफगानिस्तान समूह बी को विजेता हो । त्यस्तै बंगलादेशले पाकिस्तान प्रतिद्धन्दी पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button