"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

न्यूनतम तलब हजार रियाल नदिए एक वर्ष कैद हुने

न्यूनतम ज्याला भुक्तानी सम्बन्धी श्रम कानूनको नियम पालना नगरे एक वर्ष जेल सजाय र दस हजार रियाल सम्म जरिवाना हुने भएको छ । यसअघि यो सजाय एक महिना जेल र ६ हजार रियाल जरिवाना थियो।

श्रम निरीक्षण विभागका निर्देशक फहाद अल डोसरी

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका श्रम निरीक्षण विभागका निर्देशक फहाद अल डोसरीले हिजो कतार टेलिभिजनको एक कार्यक्रममा श्रमिकको न्यूनतम तलब एक हजार तोकिएको बताउनु भएको छ । त्यस्तै खाना नदिने कम्पनीले थप तीन सय रियाल र आवासको व्यवस्था नभएको कम्पनीले पाँच सय रियाल थप दिनुपर्नेछ । खाना र बस्नको थप पैसा न्यूनतम तलब बाहेकको हुने उहाँले थप्नुभयो ।

एक हजार भन्दा बढी न्यूनतम तलब पाईरहेका कामदारलाई यो नियमले कुनै असर गर्ने छैन ।

अमिर शेख तमिम बिन हमाद अल थानीले गएको सोमबार जारी गर्नुभएको २०२० को कानून नम्बर १७ मा घरेलु कामदार लगायत सबै निजी क्षेत्रका श्रमिकहरु पर्नेछन् । एनओसी पेपर खारेज गर्ने र कामदारको न्यूनतम तलब तोक्ने कतार मध्यपुर्वकै पहिलो राष्ट्र बनेको छ । यद्यपि न्यूनतम तलबको कानून कार्यनयन हुन अझै ६ महिना जतिको समय लाग्ने मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button