"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

पन्जाबको प्ले अफ सम्भावना – आइपिएल २०१७

कोलकाता नाइट राइडर्सलाई १४ रनले हराएपछि किंग्स इलावेन पन्जाबको इन्डियन प्रिमियर लिग  (आइपिएल)को प्ले अफमा पुग्ने सम्भावना जीवित बनेको छ । तर, पन्जाबले प्ले अफ यात्रामा हैदराबादको प्रदर्शनमा भर पर्नुपर्ने भएको छ । अन्तिम खेलमा हैदराबाद पराजित भएमा मात्र पन्जाबको प्ले अफमा पुग्ने सम्भावना रहन्छ । तर, त्यसका लागि पन्जाबले बाँकी रहेका दुवै खेलमा जित निकाल्नुपर्ने हुन्छ । हैदराबादले अन्तिम खेलमा जित निकाले पन्जाबका बाँकी खेल औपचारिकतामै सीमित हुनेछन् । अंकतालिकाको चौथो स्थानमा रहेको हैदराबादले १३ खेलबाट १५ अंक जोडेको छ । पाँचाै  स्थानको पन्जाबको १२ खेलबाट १२ अंक छ । प्ले अफमा पुग्न चौथो स्थान हात पार्नुपर्छ ।

लियोनको इनिङ काम लागेन
पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । १ सय ६८ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन मात्र जोड्न सक्यो । कोलकाताका ओपनिङ ब्याट्सम्यान क्रिस लियोनको ८४ रन जितका लागि पर्याप्त हुन सकेन । लियोनले ५२ बल खेल्दा ८ चौका र ३ छक्का हिर्काए । अर्का ओपनर सुनील नारिनले १८ रन जोड्दा हार्दिक पान्डेले पनि १८ रन नै बटुले । युसुफ पठानले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कप्तान गौतम गाम्भिर ८ रनमा आउट हुँदा रोबिन उथप्पा डकआउट भए । कोलकाताको इनिङ रोक्ने क्रममा पन्जाबका राहुल तेवाटिया र मोहित शर्माले २–२ विकेट हात पारे ।

पन्जाबको प्रतिस्पर्धात्मक योगफल
पन्जाबका लागि कप्तान ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ गरे । २५ बल खेलेका म्याक्सवेलले १ चौका र ४ छक्काको मद्दतमा ४४ रन बटुले । रिद्धिमान साहले ३३ बलमा ३८ रन तथा ओपनिङ ब्याट्सम्यान मनन बोहराले २५ रनको योगदान दिए । तेवाटियाको नटआउट १५ रन पनि पन्जाबका लागि महत्वपूर्ण रह्यो । उनले ८ बल खेल्दा ३ चौका प्रहार गरेका थिए । बलिङतर्फ कोलकाताका कुलदीप यादव र क्रिस वोएक्सले समान २ विकेट हात पारे । उमेश यादव र सुनील नारिनले पनि १–१ विकेट आ–आफ्नो नाममा लेखाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button