पर्यटक भिसामा आउनेले स्वास्थ्य बिमाको मासिक ५० रियाल बुझाउनुपर्ने
कतार आउने पर्यटकले सरकारले अनिवार्य गरेको स्वास्थ्य बिमाको नाममा मासिक ५० रियाल शुल्क बुझाउनु पर्ने भएको छ ।
पर्यटक भिसामा कतार प्रवेश गर्ने यात्रुको लागि स्वास्थ्य बीमाको शुल्क आइतवार प्रकाशित आधिकारिक राजपत्रको दशौं अंकमा तोकिएको हो ।
यसअघि कतारमा पर्यटकलाई स्वास्थ्य बिमाको अनिवार्य थिएन । तर भ्रमणको बेला उपचार गर्नुपरे पुरै शुल्क पर्यटक आफैले बेहोर्नु पर्ने नियम थियो ।
नयाँ नियमले फिफा विश्वकप हेर्न आउने दर्शकलाई समेत फाइदा हुने देखिएको छ । पर्यटकले कतार बसाइको समयमा आवश्यक परेमा खण्डमा निशुल्क उपचार पाउनेछन् । त्यस्तै भिसा बढाएर बस्दा थप शुल्क पनि नलाग्ने सरकारले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
3
मनपर्यो
11
खुसी लाग्यो
2
दुःख लाग्यो
1
रुन मन लाग्यो
0
हाँसो लाग्यो
2
रीस उठ्यो