"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

पहिलो हप्तामा दुई लाख बढीले विवरण दर्ता गरे

राष्ट्रिय ठेगाना कानुन यसै वर्ष जनवरी २७ देखि लागू भएको पहिलो हप्तामा २ लाख ३४ हजारले आफ्नो विवरण दर्ता गराएका छन् । जसमध्ये मेट्राश एप मार्फत विवरण दर्ता गराउनेको संख्या २ लाख २७ हजार रहेको आन्तरिक मन्त्रालयले बताएको छ ।

कानुन बारे जानकारी दिन मन्त्रालयले हिजो एक सेमिनार आयोजना गरेको थियो । कानुन अन्तर्गत कतारमा रहेका सम्पुर्ण नागरिक,आप्रवासी,कम्पनी तथा संस्थाहरुले आफ्नो विवरण ६ महिना (जुलाई भित्र दर्ता गरिसक्नुपर्ने सेमिनार मार्फत जानकारी दिइएको थियो । त्यस्तै विवरण कामदार आफैले दर्ता गर्नुपर्ने मन्त्रालयले बताएको छ ।

कागजी प्रणालीलाई डिजिटल प्रविधीमा लग्दै    विधुतिय सरकारको विकास गर्न यस कानूनको मुख्य रणनीति रहेको मन्त्रालयले भनेको छ ।

सार्वजनिक सुरक्षा अन्तर्गतको राष्ट्रिय ठेगाना विभागका प्रमुख कर्नेल अब्दुल्ला जाएद अल सह्लीले ठेगाना रजिस्टर गर्ने प्रक्रिया निकै सजिलो रहेको बताएका छन् । कतारमा रहेका सम्पुर्ण नागरिक तथा आप्रवासीले आफ्नो हालको ठेगाना ,फोन नम्बर,ईमेल ,रोजगारदाताको ठेगाना र आफ्नो स्थायी ठेगाना सरकारलाई बुझाउनु पर्नेछ ।

आफ्नो विवरण कसरी बुझाउने ?

कानून लागू भएपछि सरकारलाई आफ्नो विवरण मन्त्रालयको वेबसाईट,मोबाईल मार्फत मेट्राश २ एप वा नजिकैको आन्तरिक मन्त्रालयको सेवा कार्यालयमा गएर बुझाउन सकिन्छ । नाबालकको हिसाबमा अभिभावक मध्य कोहि जिम्मेवार बसेर विवरण भर्नुपर्नेछ ।

मेट्राश २ एप कसरी एक्टिभेट गर्ने ?

नबुझाए के हुन्छ ?

कानून लागू भएको ६ महिना भित्र आफ्नो विवरण नबुझाए राष्ट्रिय ठेगाना कानून अन्तर्गत धारा ६ बमोजिम १० हजार रियाल सम्मको जरिवाना हुनसक्ने मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button