पाँच लाखको स्वास्थ्य विमाको स्रोत खोज्दै सरकार
चितवन, मंसिर १२-
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य विमालाई पाँच लाख पु¥याउन स्रोत व्यवस्थापनमा लागेको बताएका छन् । आज (बुधबार) नेपाली कांग्रेस चितवनका नेता स्व. बलबहादुर श्रेष्ठको १२औं स्मृति सभामा बोल्दै मन्त्री पौडेलले एक लाखको स्वास्थ्य विमालाई पाँच लाख बनाउन स्रोत व्यवस्थापनमा सरकार लागेको बताएका हुन् ।
‘हामीले स्वास्थ्य विमालाई पाँच लाख पु¥याउछौँ मात्र भनेका होइनौँ । कसरी पाँच लाख पु¥याउछौँ भन्ने कुराको पनि गृहकार्य गरेका छौँ,’–मन्त्री पौडेलले भने । नाफा मुलक संस्था र नागरिकबाट उठ्ने करको केही रकम विमा कोषमा ल्याउने तयारी समेत भएको उनले बताएका छन् । कडा रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने उनले बताए ।
‘स्वास्थ्य विमाको स्रोत व्यवस्थापनका नागरिकको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याएका छौँ । नेपाली नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम विमा कोषमा जाने व्यवस्था गर्नुपर्ने भनेका छौँ । नेपाली नागरिकले तिर्ने करको शुन्य दशमलव ५ प्रतिशत रकम विमा कोषमा जाने व्यवस्था गर्नुपर्छ,’ उनले स्रोत व्यवस्थापन गर्ने क्षेत्रको उदाहरण दिँदै भने ‘राज्यले जुन जुन क्षेत्रमा कर र भ्याट लिन्छ यी सबै शुल्कको शुन्य दशमलव पाँच प्रतिशत रकम विमा कोषमा जाने व्यवस्था गर्नुपर्छ ।’
स्वास्थ्य कोषको रकमबाट समेत विमा कोषमा रकम प्रभाव गर्ने तयारी भएको उनले बताए । अहिले स्वास्थ्य कोषमा आठ अर्ब रहेको बताउँदै पौडेलले त्यसलाई बढाएर २४ अर्ब बनाउने लक्ष्य रहेको बताए । मध्यपान तथा सुर्तिजन्य पदार्थमा अधिकत्म कर लगाउनुपर्ने बताउँदै उनले त्यसबाट उठ्ने राजश्व स्वास्थ्यमा खर्र्च गर्नुपर्ने धारणा राखे ।
‘हामीले प्रयोग गर्ने सिमकार्ड सय रुपैयाँको छ भने त्यसको ५० पैसा विमा कोषमा जाने व्यवस्था गर्नुपर्छ । विद्युत, पेट्रोल, डिजेलको शुल्कबाट एक रुपैयाँसम्म लिएर विमा कोषमा जानुपर्छ भनेका छौँ’, उनले भने ‘स्रोतको सुनिश्चिताको आधार देखाएर एक लाखबाट बढाएर पाँच लाख बनाउनुपर्छ भनेर भनिरहेको स्थिती हो ।’ सरकारको निर्णय र सिद्धान्त अनुसार स्रोत उपलब्ध हुन नसकेको उनले स्वीकार गरे ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा स्वास्थ्यमन्त्री हुँदा विमा कार्यक्रम लागु गरिएको थियो । अहिले कतिपय ठाउँमा अनियमिता भएपनि त्यसलाई व्यवस्थित गर्नुपर्ने उनले बताए । ‘केही अस्पतालहरुले उपचार नगरी हस्ताक्षर गरेर विमाको रकम माग गरिरहेका छन् । फेक केलेम गर्नेलाई त्यसको संस्था समेत खारेज गर्ने छौँ’, उनले भने ‘औषधीमा भएको मनपरीलाई समेत नियन्त्रण गर्छौँ ।’ आगामी दिनमा औषधीको मुल्यलाई वेवसाईडमा राख्ने बताए ।
उनले जिल्लाका अस्पतालहरु मार्फत रोग निरोधात्मक क्षेत्रमा समेत काम गर्ने बताएका छन् । अस्पतालमा उपचारको वर्गिकरण गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बताउने समेत उनले बताए । १० देखि १४ वर्ष उमेर समुहका १७ लाख किशोरीलाई एचपिपि खोप लगाउने बताए । थोरै उपकरण र जनशक्तिले धेरै सेवा दिनुपर्ने बाध्यता रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठ, नेपाली कांग्रेस चितवनका पुर्व सभापति कृष्णप्रसाद सापकोटा, जिल्ला सभापति राजेश्वर खनाल लगायतको उपस्थिी रहेको थियो । उनीहरुले स्वः बलबहादुर श्रेष्ठले समाज रुपमान्तरणमा गरेको कामको प्रसंसा गरेका थिए । स्वः श्रेष्ठले शक्तिखोरमा चेपाङ सहित त्यस क्षेत्रका नागरिकको उपचारका लागि आफ्नो जग्गामा स्वास्थ्य चौकी स्थापना गरेका थिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।