बिज्ञापन

पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन चर्कियो

इस्लामावाद, मंसिर ११-

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किएको छ । खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेसावरबाट आएका खान समर्थकहरू इस्लामावाद प्रवेश गर्ने क्रममा विभिन्न स्थानमा झडप भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रमुख सरकारी भवनहरू नजिकैको डी चोक (डेमोक्रेसी स्क्वायर) पुग्ने क्रममा सशस्त्र सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन् । डी चोकनजिकै प्रधानमन्त्रीको कार्यालय, संसद् भवन र सर्वोच्च अदालत लगायत कैयौं महत्त्वपूर्ण सरकारी भवन छन् ।

हजारौं खान समर्थक सोमबार पेशावरबाट इस्लामावादतर्फ अघि बढेसँगै सुरक्षाकर्मीले राजधानी प्रवेश गर्ने सडकहरू बन्द गरिदिएका थिए । तर प्रदर्शनकारीहरू सुरक्षाकर्मीका अवरोध तोड्दै राजधानी पुगेका हुन् । त्यसक्रममा केही घाइते भएका छन् भने प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । इस्लामावाद प्रवेश गर्ने क्रममा प्रदर्शनकारीले चलाएका तीव्र गतिका गाडीले ठक्कर दिएर कम्तीमा ४ जना प्रहरीको ज्यान गएको जनाइएको छ ।

प्रहरीलाई ठक्कर दिएका गाडी कसले चलाइरहेको थियो भन्ने स्पष्ट नभए पनि प्रधानमन्त्री शेहबाज सरिफले प्रदर्शनकारीहरूलाई दोष दिएका छन् । ुतथाकथित शान्तिपूर्ण विरोध प्रदर्शनको आडमा प्रहरी तथा सुरक्षाकर्मीमाथिको आक्रमण निन्दनीय छ,ु उनले भनेका छन् ।

कतिपय स्थानमा प्रदर्शनकारीहरू सडक अवरुद्ध गर्नका लागि राखिएका कन्टेनरमा चढेको जनाइएको छ । प्रदर्शन चर्किएसँगै राजधानी र वरपरका कतिपय क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा निलम्बन गरिएको छ ।

पेसावरबाट राजधानी आएको विशाल र्‍यालीको नेतृत्व खानकी पत्नी बुसरा बीबी र पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री अली अमीन गण्डापुरले गरेका हुन् । खान पत्नी बीबीले पूर्वप्रधानमन्त्री खानलाई रिहा नगरिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएको बीबीसीले जनाएको छ । जनवरीमा खानसँगै सजाय सुनाइएपछि जेल परेकी बीबी अक्टोबर अन्त्यमा जमानतमा रिहा भएकी हुन् । खानको रिहाइको माग गर्दै प्रदर्शनकारीहरू राजधानी इस्लामावादतर्फ अघि बढेपछि सरकारले जुलुस निकाल्न प्रतिबन्ध लगाएको थियो । तर प्रदर्शनकारीले सरकारी प्रतिबन्धको उल्लंघन गरेका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button