बिज्ञापन

पासका लागि फोन नगर्नु, घरमै बसेर खेल हेर्नुः पारस खड्का

काठमाडौँ, मंसिर १४-

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका लागि टिकट नभएका दर्शकलाई टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट खेल हेर्न आग्रह गरेका छन्।

सचिव खड्काले शुक्रबार सामाजिक सञ्जालमार्फत टिकट नभएका दर्शकलाई घरमा नै बसेर खेल हेर्नका लागि अनुरोध गरेका हुन्। साथै उनले शनिबारको खेल हेर्न पासका लागि फोन वा सन्देश नगर्न समेत अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्रिकेट संघ नेपाल (क्यान)ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं। भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं। कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं। बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ। यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ।’

फाइल तस्बिर

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button