"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

पीडित कामदारलाई तीन साताभित्र न्याय दिने कतारको दाबी

कान्तिपुर/होम कार्की

नेपालीलगायत पीडित कामदारलाई छिटो न्याय दिलाउन भन्दै कतार सरकारले गठन गरेको ‘श्रम विवाद समाधान समिति’ले एक सातापछि कामदारको उजुरी लिने भएको छ । समितिले ३ हप्ताभित्र न्याय दिने कतारको दाबी छ ।

नियमीत छलफल : श्रम विबादमा सहयोगी भुमिका निर्वाह गर्न कतार पठाइएको श्रम काउन्सेलर गीरिजा शर्मा र श्रम सहचारी नरेन्द्र ज्ञवालीसँग नेपाली कामदारका समस्याका वारेमा नियमीत छलफलको क्रममा प्रशासन बिकास, श्रम तथा सामाजीक मन्त्रालयका अधिकारी । फाइल तस्विर : श्रम मन्त्रालय/कतार

प्रशासन विकास, श्रम तथा सामाजिक मन्त्रालयका अनुसार १८ मार्च (आइतबार) २०१८ बाट समितिले आफ्नो कार्यसम्पादन सुरु गर्नेछ। ‘अब अदालतले श्रम विवादसम्बन्धी नयाँ उजुरी लिने छैन,’ बिहीबार श्रम मन्त्रालय र उच्च न्यायिक काउन्सिलले घोषणा गर्दै भनेको छ, ‘कामदारका सबै खालका श्रम विवादका उजुरी श्रम सम्बन्ध विभागबाट बुझ्नेछ।’
श्रम सम्बन्ध विभागबाट समाधान नभएका विषयलाई अन्तिम सुनुवाईको लागि श्रम विवाद समाधान समितिमा पेस हुनेछ। महिनौसम्म तलब नपाएका कामदारले कम्पनीविरुद्व लडेको मुद्दालाई साधारण मुद्दाजसरी अदालतबाट हेरिँदा कामदारले समयमा न्याय पाउनबाट वञ्चित हुँदै आएको थियो। कामदारले महिनौसम्म तारेख धाउनुपर्ने भएकोले बीचमै मुद्दा फिर्ता लिएर स्वदेश आउनुपर्ने अवस्था थियो।
कतारका अमिर शेख तमिम विन हमाद अलथानीले समितिसँग सम्बन्धित २०१७ को कानुन नम्बर १३ लाई प्रमाणीकरण गरेपछि मन्त्रालयले यसलाई कार्यान्वयनमा ल्याएको हो।नेपाली दूतावासका अनुसार यो समितिले कार्यसम्पादन सुरु गरेपछि कामदारले छिट्टै न्याय पाउने विश्वास राखेको छ। मन्त्रालयका अनुसार कम्पनीबाट पीडित कामदारले दफनास्थित अल–हुदा टावरको पहिलो तला, सनैया र अल्खोरस्थित श्रम कार्यालयमा उजुरी गर्ने व्यवस्था मिलाइएको छ। कतारी नागरीकको निजी रुपमा कार्यरत घरेलु कामदारहरुले भने दफनास्थित अल फैसल टावरको २९ तलामा उजुरी गर्ने व्यवस्था मिलाएको छ।
सर्वोच्च न्यायलय काउन्सीलद्वारा सिफारिस न्यायाधीशको अध्यक्षतामा विवाद हेर्छ। यसमा दुई जना सदस्य श्रममन्त्रीले तोक्नेछ। यसले तीन हप्ताभित्र समाधान गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button