बिज्ञापन

पोखराको बाँझो जग्गामा कागतीखेती

गण्डकी, मंसिर १४-

पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गर्नुभएको छ ।

गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहनुभएका उहाँले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिनुभयो ।

कागतीखेतीका लागि उहाँले पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाउनुुभएको छ ।

कार्यक्रमका लागि कुल लागत रु सात लाख ८१ हजार चार सय रहेकामा आयोजनाबाट रु तीन लाख ९० हजार सात सय स्वीकृत अनुुदान रहेको छभने रु तीन लाख ९० हजार सात सय त्रिपाठी स्वयंले व्यहोर्नुहुनेछ । कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उहाँको लक्ष्य छ । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button