फिफा क्लब विश्वकप तीनवटा रंगशालामा खेलाइने
कतारमा आयोजना हुने फिफा क्लब विश्वकप २०२० को खेलहरु तीन वटा रंगशालामा खेलाइने भएको छ । कोभिड-१९ को महामारीका कारण स्थगित भएको प्रतियोगिता फेब्रुअरी १ देखि ११ सम्म कतारमा आयोजना हुँदैछ ।
अहमद बिन अलि (अल रय्यान), एजुकेसन सिटी र खलिफा गरि जम्मा तीनवटा रंगशालामा खेलहरु संचालन हुनेछ ।
अहमद बिन अलि रंगशालामा कतारी च्याम्पियन अल दुहेल र न्युजिल्यान्डको अकल्यान्ड बिचको उद्घाटन खेल हुनेछ । त्यस्तै एजुकेसन सिटीमा प्रतियोगिताको फाइनल खेल खेलाइनेछ ।
अहमद बिन अलि रंगशाला गएको राष्ट्रिय दिवसका दिन उद्घाटन गरिएको थियो । साथै एजुकेसन सिटी यसै वर्षको जुनमा र खलिफा अन्तर्राष्ट्रिय रंगशाला सन् २०१७ मा फिफा विश्वकपका लागि उद्घाटन भएको थियो ।
६ महासागरको विजेता बिच हुने प्रतियोगितामा प्रशान्त महासागर बाट न्युजिल्यान्डको अकल्यान्ड,यूरोपियन च्याम्पियन वायरन मुनिख,एसियन च्याम्पियन उल्सन हुन्डाई,अमेरिकी च्याम्पियन टाईग्रेस युएएनएल र घोषणा हुन बाँकि दक्षिण अमेरिकी विजेता र आयोजकको नाताले दोहाको अल दुहेलले सहभागिता जनाउनेछ ।
प्रतियोगिताको फाइनल ड्र जनवरी १९ तारिक जुरिक सहरमा घोषणा गरिनेछ । कोभिड-१९ विरुद्धको सावधानी अपनाएर प्रतियोगिता संचालन गर्ने दोहाले बताएको छ ।