"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

फ्रान्स दोस्रो पटक च्याम्पियन

क्रोएसियालाई हराउँदै फ्रान्सले  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार साँझ भएको खेलमा  फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गर्दै २० वर्षपछि उपाधि जितेको हो ।

सन १९९८ मा घरेलु भूमिमा भएकव १६औँ विश्वकपमा ब्राजिललाई ३-० ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको प्रान्सले २००६ मा पनि फाइनल सम्मको यात्रा तय गरेको थियो। तर इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि फ्रान्स उपविजेतामै चित्त बुझाउन बाध्य भयो। २० वर्षपछि फ्रान्सले उपाधि जित्दा सन् १९९८ मा कप्तान रहेका डिडिएर डेसच्याम्पस नै प्रशिक्षकको भूमिकामा रहे। उनी यस्तो सफलता हात पार्ने मारियो जागोलो र फ्रान्स बेकनबाउर पछि तेस्रो व्यक्ति बनेका छन् ।

सन् १९६६ पछि विश्वकपको फाइनलमा ६ गोल भएको यो पहिलो पटक हो। त्यतिबेला इंग्ल्याण्डले पश्चिम जर्मनीलाई ४-२ ले हराउँदै उपाधि जित्दा निर्धारित समयमा २-२ को बराबरी भएको थियो।  निर्धारित ९० मिनेट भित्रै ६ गोल भएको भने १९५८ पछि पहिलो हो। त्यतिबेला ब्राजिलले स्वीडेनलाई ५-२ ले हराउदै पहिलो पटक उपाधि जितेको थियो।

बेल्जियमसँग पराजित हादै चौथो बनेको इंग्ल्याण्डका कप्तान ह्यारी बेनले गोल्डेन बुट जिते। उनले रसियामा कूल ६ गोल गरे। ट्युनिसिया विरुद्ध पहिलो खेलमै दुई गोल गरेका केनले पानामा विरुद्ध ह्याट्रिक गरेका थिए। यस्तै अन्तिम १६ मा कोलम्बिया विरुद्ध १ गोल गरेका थिए।

अब अर्को विश्वकप २०२२ मा कतारमा हुनेछ ।  कतारमा २०२२को नोभेम्बर २१ देखि डिसेम्बर १८ हुने विश्वकप इतिहासमै पहिलो पटक जाडो महिनामा हुन लागेको हो । 

कस्ले कस्ले के पाए ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button