फ्रान्स र बेल्जियम सेमिफाइनलमा, उरुग्वे र ब्राजिलको सपना चक्नाचुर
रसियामा हिजो भएको विश्वकप फुटबल प्रतियोगितामा फ्रान्स र बेल्जियम बिजय भएका छन् । एक पटकको विश्व विजेता फ्रान्सले क्वाटरफाईनलमा बलियो प्रतिद्धन्द्धी उरुग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै आफु छैटौं पटक सेमीफाईनलमा प्रवेश गरेको हो भने हिजो नै भएको अर्को खेलमा बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै विश्वकप फुटबल २०१८ को सेमिफाइनलमा प्रवेश गरेको हो ।
फ्रान्सले पहिलो हाफमा नै आकर्षक गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा फ्रान्सका डिफेन्डर भरानेले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । स्टार खेलाडी ग्रिजम्यानले प्रहार गरेको फ्रि–किकलाई भरानले गोलमा परिणत गरे ।खेलको ६१ मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । ग्रिजम्यानले प्रहार गरेको बल उरुग्वेका गोलकिपरले हातबाट फुत्काएका थिए । खेलमा थप गोल हुन सकेन र फ्रान्स सेमीफाईनलमा प्रवेश गर्ने पहिलो टिम बन्यो ।
यता खेलको १३ औं मिनेटमा बेल्जियमले प्रहार गरेको कर्नर किकमा ब्राजिलका खेलाडीले आत्मघाती गोल गरेका थिए । त्यसपछि ब्राजिललाइ दबाबमा राखेको बेल्जियमले ३१ औं मिनेटमा आकर्षक गोल गर्यो । दोस्रो हाफमा केही सुधारिएको ब्राजिलले ७६ औं मिनेटमा गोल गर्दै आशा जगायो । तर अन्तिम समय सम्म थप गोल हुन नसकेपछि बेल्जियम २-१ गोल अन्तरले ऐतिहासिक जित हात पार्यो ।
सेमिफाइनलमा अब बेल्जियमले फ्रान्सको सामना गर्नेछ ।
हाइलाइट हेर्नुहोस्
उरुग्वे विरुद्ध फ्रान्स
ब्राजिल विरुद्ध बेल्जियम