बक्र ईदमा आउँदै छ ‘नेपथ्य’
फेरि कतारमा नेपालको चर्चित लोक रक सांगीतिक ब्याण्ड नेपथ्यको प्रस्तुती हुने भएको छ । शान्तिको लागि संगीत (Music for peace ) भन्ने नारा का साथ हुन लागेको ‘नेपथ्य लाइभ इन दोहा’ आउदो बक्र ईदको दोस्रो दिन सनैया स्थित ग्रान्ड मलको पछाडि रहेको एम्पिथियटरमा हुनेछ ।
लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक, सहआयोजको रुपमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतारको सयुक्त आयोजनमा उक्त कन्सर्ट हुनेछ । सन् १९९१ मा स्थापना भएसँगै ९ वटा एल्बम प्रकाशित गरिसकेको नेपथ्यका गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ ।
संगीतिक मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले हरेक पुस्ताका नेपालीलाई नेपाली गीत संगीतमा चाख र गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको दोर्सो कतार यात्रालाई ऐतिहासिक र भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने आयोजक लक्ष्मण प्रसाद चौलागाई र दिपक भण्डारीले क्युएन खबरलाई बताउनु भएको छ ।
कार्यक्रमको नाम : नेपथ्य लाइभ इन दोहा
मिती : बक्र ईदको दोस्रो दिन
समय : साँझ ५ बजे
स्थान : सनैया स्थित ग्रान्ड मलको पछाडि रहेको एम्पिथियटर
टिकट दर : ३५ , ५० र १०० रियाल