"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

बाल सुधारगृहलाई समायानुकूल सुधार गर्न सुझाव

नेपालगञ्ज, मंसिर १३-

बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधारसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ ।

सुरक्षा समितिको बुधबारको बैठकले उमेर पुगेका बालबिजाइँकर्तालाई समेत एकै ठाउँमा राखिँदा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै समितिले सो सुझाव दिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएकोे बैठकले कात्तिक २६ गते तीन बालबिजाइँकर्ता भागेको घटनामा सुरक्षामा कमजोरी पाइएको भन्दै विभागीय कारबाहीको सिफारिस गर्ने निर्णय गरेको छ ।

उहाँले बाल सुधारगृहमा सादा पोसाकमा प्रहरी सुरक्षामा खटिने र हतियारसहित बस्न नपाउनेलगायत प्रावधानले सुरक्षाकर्मी अप्ठेरोमा परेको बताउनुभयो ।

यसैबीच, बाल सुधारगृहबाट १२ बालबिजाइँकर्ता भागेकामा नौजना फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि भागेका पनि तीनजना अझै फेला परेका छैनन् । गत वर्ष पुसमा पनि २३ जना पनि तीनजना भागेका थिए । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button