"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

बुस्टर डाेज खोप लगाउन के गर्नुपर्छ ?

कतारमा अहिले कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। भाइरसबाट ज्यान गुमाउने खासै नभएपनी दैनिक संक्रमितको संख्या एक हजारको हाराहारीमा देखिएको छ । यसअघि पहिलो र दोस्रो खोप लगाउन बाँकि भए नजिकैको पिएचसिसि सेन्टरमा एपोइन्टमेन्टका साथ जान सकिन्छ ।

कतारमा यसरी लगाउन सकिन्छ बुस्टर डाेज खोप :

१. बुस्टर डाेज खोप लगाउन एपोइन्टमेन्ट आवश्यक पर्दैन । एपोइन्टमेन्ट लिएर ढुक्क भएर जान qvc@hamad.qa मा इमेल वा १०७ र १६००० मा सम्पर्क गर्न सकिन्छ ।

२. भ्याक्सिनेसन सेन्टर मंगलबार देखि बिहीबार सम्म बिहान ६:३० देखि बेलुका ५ बजे सम्म खुला रहनेछ । शुक्रबार देखि सोमबारसम्म सेन्टर बन्द रहनेछ ।

३. दुई डाेज खोप लगाएको ६ महिना पछि बुस्टर डाेज खोप लगाउन मिल्छ । यसअघि कतारमा वा अन्य देशमा बुस्टर डाेज लगाइसकेको व्यक्तिलले फेरि खोप लगाउन पर्दैन ।

४. बु गार्न स्थित कतार भ्याक्सिनेसन सेन्टरमा सवारी मार्फत जानुहोस । एक्लै भन्दा समूह बनाएर जाँदा उचित हुनेछ ।

५. त्यहाँ सुरक्षागार्डले देखाएको बाटो तर्फ जानुहोस ।

६. दुई डाेज खोप लगाएको कागज वा एह्तेराज एपमा खोप लगाएको प्रमाण र कतारी आईडी आवश्यक पर्नेछ । कतारमा बाहेक अन्य देशमा पहिलो दुई डाेज खोप लगाएको भए पहिले एह्तेराज एपमा अपडेट गरेर मात्र खोप लगाउन जानुहोस ।

७. खोप लगाएको २४ घन्टा भित्र ज्वाेरो आउने र शरीर दुख्ने भए प्यानाडाे खान सकिन्छ । त्यस्तो अवस्था दुई दिन देखि बढी देखिए नजिकैको पिएचसिसि सेन्टरमा सम्पर्क गर्नुहोला ।

८.खोप लगाएको एक बर्षसम्म कतार फर्कदा क्वारेन्टाइन बस्न पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button