बेल्जियम विश्वकपमा तेस्रो, इङल्याण्ड फेरी पराजित
रसियामा जारी फिफा विश्वकप फुटबलमा इङल्याण्डलाई हराउँदै बेल्जियमले तेस्रो स्थानमा रहँदै यात्रा टुंगाएको छ । आज राती तेस्रो स्थानका लागि भएको खेलमा इङल्याण्डलाई २–० गोल अन्तरले हराउँदै रसिया विश्वकपमा तेस्रो हुन सफल भएको हो ।
सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । खेल सुरु भएको चौथो मिनेटमै थोमस म्योनियरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । पहिलो हाफमा बेल्जियमले १–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पुनः एक गोल थप्दै बेल्जियमले अग्रता दोब्बर बनाएको थियो ।
खेलको ८२ औं मिनेटमा कप्तान इडेन हाजार्डले गोल गर्दै टिमको जित सुनिश्चित गरे । यसअघि समूह चरणको खेलमा पनि बेल्जियमले इङल्याण्डलाई पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो