भाइरसको कारण थप दुई जनाको ज्यान गयो
कतारमा कोरोना संक्रमितको संख्या केहि दिन देखि तिब्रताको साथ उकालो लागेको छ ।
आज देशभर थप ४,१८७ जनामा कोरोना भाइरस संक्रमण र १,१२३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भाइरसको कारण आज ८४ वर्षिय दुई व्यक्तिको ज्यान गएको छ ।
आज भाइरस देखिएका मध्ये ३,७४८ जना स्थानिय र ४३९ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,८७,०९१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३८,९८२ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – ५५५ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ६७ जना
निको हुनेको संख्या : २,५१,६९३
आज सम्म खोप वितरण : ५३,७२,२२२
बुस्टर डाेज खोप वितरण : ४,१८,७२४
आजको खोप वितरण : २७,६९०
निको हुन बाँकीको संख्या : ३४,७७५
ज्यान जानेको संख्या : ६२३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।