मगर संघ कतारले माघ्या सकराटी मनाउने
मगर संघ कतारले मगरहरूको प्रमुख चाड “माघ्या सकराटी” मनाउने भएको छ।हरेक वर्ष झै यो वर्ष पनि विभिन्न सांस्कृतिक तथा वनभोजका साथ संघले भोलि कार्यक्रम आयोजना गर्दैछ।
वनभोज सँगै कार्यक्रममा स्थानीय कलाकार बाट मगर जातिको सालैजो,सोरठी,हुर्रा, टप्पा,भूम्या नाच लगायत चलचित्र तथा लोकदोहोरी गीतहरूको प्रस्तुति रहनेछ।त्यस्तै कार्यक्रममा समावेश गरिएको खेलमा पुरुषका लागि टग अफ वार (डोरी तान्ने) र महिलाका लागि म्युजिकल चियर रहने संघले जनाएको छ ।
भोलि बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म शमाल गार्डेनमा आयोजना हुने कार्यक्रमको टिकट दर पुरुषलाई ५० र महिलालाई २५ रियाल तोकिएको छ।कार्यक्रममा निशुल्क यातायातको व्यवस्था पनि गरिएको छ।कार्यक्रम बारे जानकारी लिन ३०२२४९२८,५५११०८९३ मा सम्पर्क गर्न सकिनेछ।