बिज्ञापन

मन्त्रालयले कोभिड-१९ भ्याक्सिनको चौथो डोज प्रयोग गर्न स्वीकृती दियो

कतारको स्वास्थ्य मन्त्रालयले गम्भीर संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूका लागि फाइजर/बायोटेक र मोडर्ना कोभिड-१९ भ्याक्सिनको चौथो डोज प्रयोग गर्न स्वीकृती दिएको छ।

चौथो डोज ६० वर्ष वा सोभन्दा माथिका व्यक्ति र दीर्घकालीन रोग भएका जुनसुकै उमेर समुहका व्यक्तिलाई मात्र दिइने मन्त्रालयले बताएको छ ।

बुस्टर डोज (तेस्रो डोज) वा कोभिड-१९ संक्रमण भएको चार महिनापछि चौथो डाेज लगाउन पाईनेछ ।

दीर्घकालीन रोग भएका व्यक्तिमा बुस्टर डोजबाट प्राप्त प्रतिरोधात्मक क्षमता चार महिनापछि घट्ने पछिल्लो वैज्ञानिक प्रमाण देखिएको मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button