मास्क नलगाउने ३८६ जना कारबाहीमा परे
मास्क नलगाउने ३८६ जना कारबाहीमा परेका छन् ।
आन्तरिक मन्त्रालयले सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ३८६ जनालाई कारबाही गरेको बताएको छ । त्यस्तै मोबाइलमा एह्तेराज एप प्रयोग नगर्ने ४ जना पनि कारबाहीमा परेका छन्।
सरकारले खुला स्थानमा मास्क लगाउन नपर्ने नियम ल्याएपनि भिडभाड हुने बन्द सार्वजनिक स्थलमा मास्क अझै अनिवार्य रहेको छ ।
मास्क नलगाएको भेटिए तीन हजार रियाल सम्म जरिवाना हुन सक्दछ ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो