बिज्ञापन

मेची महाकाली सेवा समाजको आयोजनामा “नयाँ वर्ष धमाका २०७५” हुँदै

कतारमा कार्यक्रम आयोजना हुने सिलसिला चलिरहँदा मेची महाकाली सेवा समाजले पनि नयाँ वर्ष धमाका २०७५ लिएर आउने भएको छ।गत हप्ता समाजले एक पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको हो।

कार्यक्रम आउँदो अप्रिल १३ मा डल्ला ड्राइभिङ एकेडेमीको सभाहलमा आयोजना हुने भएको छ।कार्यक्रममा नेपाल बाट आउने जादूगर तथा हास्य कलाकार हाहायोयो महादेब त्रीपाठी,गायक श्रीकृष्ण लुइटेल(बोकेदारी) तथा स्थानीय कलाकार लोक गायिका देबिका केसी,नृत्यकार बिराज भन्डारी,कबिता नेपाली,अन्जना सुनवार र अनील अर्याल,लोक गायक यम राज सुनवार,विनीता केसी,नानू घले,गोपाल गह, आधुनिक गायक टंक बि।क र शरद पाण्डे,हास्य कलाकार दिप हसन्ते क्षेत्री लगायतले भरपुर मनोरञ्जन दिने भएका छन।


कार्यक्रमबाट प्राप्त रकम मेची महाकाली अभियान अन्तर्गत निशुल्क सिपमुलक तालिम केन्द्र(सिलाई,बुनाई तथा बुटिङ) मा सहयोग गरिने कार्यक्रम संयोजक लीला प्रसाद गौतमले बताएका छन्।”हामीले कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य मेची महाकाली अभियान अन्तर्गत पुर्व मेची देखि पश्चिम महाकाली सम्म निशुल्क तालिम केन्द्रको स्थापना गरी समाज सेवा गर्नु हो।अहिले हामीले पुर्वको बिर्तामोडमा तालिम केन्द्रको स्थापना गरिसकेका छौं।”,गौतमले थपे।

´नयाँ वर्ष धमाका-२०७५´ हेर्नका लागि कतारी रियाल ५० र १०० को टिकट दर राखिएको छ।टिकटका लागि कार्यक्रम संयोजक लिला प्रसाद गौतम(७००२२२३४),सह-संयोजक केशब चापागाईं(३१२४६५६३),वीर सिंह लामा(३१४५७२६१),रहुदिन मिया (७४७८४०६४) र आल बहादुर गाहा(३००१३७८३) लाई सम्पर्क गर्न सकिनेछ।

डल्ला ड्राइभिङ एकेडेमीले प्रस्तुत गरेको यस कार्यक्रमलाई कान्तिपुर मेडिकल सेन्टरले सहयोग गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button