मोना कतारले गर्दैछ प्रत्यक्ष पन्चेबाजामा दोहोरी कार्यक्रम
म्याग्दी जिल्लामा १० लाखको बहुउद्देश्यीय अक्षयकोष स्थापनार्थ म्याग्देलीको साझा संस्था मोना कतारले ‘नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान तथा चौथो बिबिध साँस्कृतिक कार्यक्रम- २०१९” आयोजना गर्ने भएको छ । अप्रिल २६ तारिक शुक्रबारका दिन हुने उक्त कार्यक्रममा नेपालबाट कुमार पुन, अमृता सिर्पाली सहित कतारमै रहेका कलाकारहरु बिच प्रत्यक्ष पन्चेबाजामा दोहोरी सहितका विविधि कार्यक्रम रहने अध्यक्ष तिलु शर्मा पौडेलले बताएका छन् ।
नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान तथा चौथो बिबिध साँस्कृतिक कार्यक्रम- २०१९
मिति: यही अप्रिल 26, शुक्रबार
समय: बिहान 10 बजे
स्थान: दल्ला ड्राइभिङ्ग एकेडेमी
टिकट दर: ५० कतारी रियाल
कतारमा रहेका म्याग्देलीले सन् २००३ मा स्थापना गरेको म्याग्दी सेवा समाजलाई मोनामा रुपान्तरण गरी सञ्चालनमा ल्याएको मोना कतारले म्याग्दी जिल्लामा विपद्, शिक्षा, स्वास्थ्य सहित विभिन्न सामाजिक कार्यमा सहयोग गरेको छ । प्रवासमा रहेका म्याग्देली संस्थामा कतार सक्रिय संस्थाको रुपमा चिनिन्छ । कतारमा दुर्घटना सहित विभिन्न कारणले ज्यान गुमाएकालाई नेपाल पठाउने , विरामीको उपचार सहित म्याग्देली समस्यामा परेमा तत्काल पुगेर उद्धारमा सक्रिय हुने गरेको छ ।
[add_single_eventon id=”17437″ ev_uxval=”4″ ]कार्यक्रमको बस छुट्ने समय र स्थान
अलखोरबाट
बिहान साढे १० बजे भित्र लुलुको अगाडी बाट
बसको बिबरण
चालकको नाम – गोपाल
बस नम्बर- 247552
मोबाइल नम्बर -30481742
उक्त गाडी सहानिया हुदै अल डल्ला ड्राइभिङको हलमा आउनेछ l
शहानियामा पेट्रोल पम्प र बंगाली मार्केटमा जम्मा हुनु होला l
होम साइडबाट
बिहान- १०.३० बजे हिड्ने छ वक्रा हुदै आउनेछ डल्ला ड्राइभिङको हलमा l
सम्पर्क ब्यक्ति – मिन बहादुर कार्की 66164539
सनैयाबाट
सनैया – स्ट्रिट नम्बर १२ र एल बि क्यु LBQ बाट,
(अलत्तियाबाट १२ बजे मात्र )
सम्पर्क ब्यक्ति- रमेश पौडेल 55856406
ग्राण्डमलबाट
बिहान १२.२० बजे पछी
सम्पर्क – नर अधिकारी – 50142588