बिज्ञापन

मोना कतारले भोलि रक्तदान कार्यक्रम गर्ने

म्यादी प्रवासी नेपाली संघ (मोना कतार) ले भोलि रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।

मोना कतार बहुउद्देश्यीय अक्षयकोष र नेपाली रक्तदाता संघको सहकार्यमा कार्यक्रम भोलि शुक्रबार २२ सेप्टेम्बरका दिन बिहान ८ देखि दिउँसो १ बजे सम्म हमाद अस्पतालको ब्लड डोनेशन युनिटमा हुँदैछ ।

सनैयाबाट कार्यक्रममा सहभागी हुन इच्छुक रक्तदाताले निशुल्क यातायात सेवाको लागि ३१५९६० १४ मा सम्पर्क गर्न सकिने संघले बताएको छ ।

यसैबीच कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गर्दै संघले सूचना समेत जारी गरेको थियो ।

हामी सबैमा रक्तदान गर्दा कतै बेफाइदा होला की भन्ने डर हुने गर्दछ । ढुक्क हुनुहोस,रक्तदान गर्दाको फाइदै फाईदाहरु यस्ता छन् :

१. रक्तदान गर्नाले हाम्रो रगत पातलो भई मुटुमा बिना अवरोध रगत प्रवाह हुँदा मुटुको रोग र हृदयघात हुने संभावना कम हुन्छ ।

२. रक्तदान गर्नाले क्यान्सर हुने खतरा पनि घट्दछ । हामीले खाएका बिभिन्न खानेकुराहरु बाट शरिरमा जम्मा भएको अनावश्यक “आइरन” रक्तदान गर्दा बाहिर आउने हुँदा क्यान्सर हुने सम्भावना हुँदैन् ।

३. नियमित रक्तदान गर्नाले मोटोपना घट्दछ ।

४. रक्तदान गरे पश्चात शरिरबाट गएको रगत फेरी बन्न रगतका नँया सेल्सहरु बन्दछ । यसले शरिरलाई स्वास्थ्य राख्दछ ।

५. तपाईले दान गरको रगतले कसैको ज्यान जोगाउँदछ जसकारण तपाइलाई गर्वको महशुस हुनेछ ।

६. रक्तदान गर्नुअघि तपाइको स्वास्थ्य जस्तै रक्तचाप,कोलेस्ट्रोल आदि जाँच हुनेछ तसर्थ तपाईलाई आफ्नो स्वास्थ्यको बारेमा थाहा हुन्छ ।

७. रक्तदान पश्चात तपाईको रगत अरुलाई दिन उपयुक्त छ,छैन भनि जाँच हुनेछ, यसले तपाईको रगतको अवस्था पनि थाहा हुन्छ ।

पहिलो पटक रक्तदान गर्दै हुनुहुन्छ ? ध्यान दिन पर्ने कुराहरु यस्ता छन् ।

रक्तदान गर्नुअघि

१. तपाई कतार प्रवेश गरको ६ महिना हुनुपर्नेछ ।

२. २४ घन्टा भित्र मदिरापान नगरेको हुनुपर्ने ।

३. तपाईको तौल ५० के.जी भन्दा माथी हुनुपर्नेछ र उमेर १८ देखि माथी र ६५ भन्दा तल हुनुपर्नेछ ।

४. रक्तदान गर्नु केही अघि टन्न जुस खानुहोस,अनिन्द्रा तथा खाली पेटमा रक्तदान गर्न हुदैन् ।

५. तपाईको कतारी परिचयपत्र,सवारी परिचय पत्र वा हेल्थ कार्ड अनिवार्य बोक्नुहोस ।

६. हलुका कपडा लगाउनुहोस ।

७. रक्तदान गर्नुअघि स्वास्थ्य खाना खानुहोस । बाहिरको खाना जस्तै ह्यामवर्गर,आईसक्रिम जस्ता खाना खाँदा तपाईको रगत बाक्लो हन्छ जसकारण तपाईको रगत जाँच गर्न गाह्रो हुनेछ ।

८. रक्तदान गर्दा आनन्द दिने खालको संगित सुन्नुहोस किताब पढ्नुहोस आफ्नो साथी वा नजिकैको कोही संग कुरा गर्नुहोस ।

रक्तदान गरेपछि

१. केही बेर आराम गर्नुहोस ।

२.कम्तिमा ४ गिलास तरल पदार्थ जुस खानुहोस ।

३. केही समय पश्चात मात्र हातमा बाधिएको ब्यान्डेज खोल्नुहोस ।

४. रगत निकालिएको भागबाट रगत बगेमा दबाएर ५ देखि १० मिनेट हात माथि उठाउनुहोस , चिलाएमा साबुन पानीले धुनुहोस ।

५. रक्तदान गरेको दिनभर गरुङ्गो चिज नउठाउनुहोस ।

६. रिगंटा लागेमा वा टाउको दुखेमा भुईमा पल्टेर बस्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
4
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button