"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

म्याराडोना फेरि बने प्रशिक्षक

र्जेन्टिनाका पूर्वकप्तान डिएगो म्याराडोना पाँच वर्षपछि प्रशिक्षण करिअरमा फर्किएका छन् । म्याराडोना संयुक्त अरब इमिरेट्सको अल फुजाइराह एफसीमा प्रशिक्षकमा नियुक्त भएका हुन् । क्लबले आइतबार विज्ञप्तिमार्फत म्याराडोनालाई भित्रयाएको पुष्टि गरेको छ । अल फुजाइराह युएईको दोस्रो डिभिजनको क्लब हो ।

म्याराडोनाले पनि प्रशिक्षक नियुक्त भएको आफ्नो फेसबुक पेजमार्फत जनाएका छन् । उनले भनेका छन्, ‘अल फुजाइराहको नयाँ प्रशिक्षकको रूपमा नियुक्त भएको छु । यो युएईको दोस्रो डिभिजनको क्लब हो । यो मेरो जीवनको नयाँ रङ हो ।’ अर्जेन्टिनी क्लब बोका जुनियर्स, इटालियन क्लब नापोली र बार्सिलोनाका पूर्वस्ट्राइकर म्याराडोनालाई १० नम्बरको कालो जर्सी हस्तान्तरण गर्दै गरिएको तस्बिर फेसबुक पेजमा पोस्ट गरिएको छ ।

पाँच वर्षपछि प्रशिक्षक
५६ वर्षीय म्याराडोना पाँच वर्षपछि प्रशिक्षकको रूपमा नियुक्त भएका हुन् । सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक नियुक्त भएका म्याराडोनाले दुई वर्ष राष्ट्रिय टोली सम्हालेका थिए । म्याराडोना नियुक्त भएको पहिलो खेलमै अर्जेन्टिनाले बोलिभियासँग ६–१ को हार व्यहोरेको थियो । सन् २०१० को विश्वकपमा मुस्किलले छनोट भएको अर्र्जेन्टिनाले विश्वकपमा पनि खराब खेल्यो ।

विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनालाई जर्मनीले ४–० ले हराएको थियो । विश्वकपमा अर्जेन्टिनाले खराब प्रदर्शन गरेपछि म्याराडोना बर्खास्त भएका थिए । सन् २०११ मा उनी युएईको पहिलो डिभिजनको क्लब अल वासेलमको प्रशिक्षकमा नियुक्त भए । तर, उनलाई क्लबले नियुक्त भएको एक वर्ष बित्न नपाउँदै बर्खास्त गरेको थियो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले गत फेब्रुअरीमा म्याराडोनालाई एम्बास्डरमा नियुक्त गरेको थियो । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका म्याराडोना पछिल्लो समय विवादमा फस्दै आएका थिए । नयाँ–नयाँ युवतीसँग देखिने गरेका म्याराडोनाका एजेन्ट जुर्गे क्रिस्टरफिलरको केही दिनअघि मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । एजेन्टको मृत्यु भएको समाचार सेलाउन नपाउँदै म्याराडोना प्रशिक्षक नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button