"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

रमदानको समयमा थाहा पाउन पर्ने कुराहरु

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदान सुरु हुन अब केही दिन मात्र बाँकी रहेको छ । हामी कतारमा भर्खरै आएको वा धेरै वर्ष बिताएको भएपनि यस रमदान महिनामा केही कुराहरु थाहा नहुँदा समस्यामा पर्नसक्छौ । रमदान एक पवित्र महिना रहेको हुँदा मुस्लीम धर्मका मानिसहरुले यो महिना भरि दिनको समयमा वर्त बस्ने गर्दछन् । यस्तो समयमा जो कोहीले पनि खान वा पिउन मनाही छ । यो २९ देखि ३० दिन अवधिको हुने गर्दछ । रमदान महिना सकिएपछि महान पर्व “इद अल फित्र” सुरु हुने गर्दछ । यो वर्ष इद जुन २५ मा रहेको अनुमान गरिएको छ ।रमदान बारे थाहा पाउन पर्ने केही कुराहरु यस्ता छन्।

चन्द्रमा हेरेपछि मात्रै
रमदान महिना सुरु भएको नभएको अघिल्लो दिनको चन्द्रमा हरेपछि मात्रै थाहा हुने गर्दछ । कतार इस्लाम मामिला मन्त्रालयले हरेक वर्ष चन्द्रमा हेर्ने दिन तोक्दछ । यो वर्ष २६ तारिख हेरिने लगभग तय भएको छ । तर खगोलिय हिसाब अनुसार यो वर्षको रमदान महिना २७ तारिख देखि सुरु हुने भनिसकिएको छ ।

कामको समय अवधि छोटो हुने
रमदानको समय मुस्लिम धर्मावलम्बीहरुले वर्त बस्ने हुँदा कतार लगायतका अरब मुलुकहरुमा काम गर्ने समय केही घटाउनुपर्ने नियम रहेको छ । कतारमा सरकारी कार्यलयहरुको लागि बिहान ९ बजे देखि २ बजे सम्म कार्य तालिका तोकिएको छ । निजी कम्पनीहरुको लागि साधारणतया ६ घन्टाको तालिका रहेको छ । तर यो कम्पनी अनुसार रहने गर्दछ । ६ घन्दा भन्दा बढी कामलाई अतिरिक्त समयमा जोडिने गरिन्छ ।

खान र पिउन सख्त मनाही
कतार लगायतका खाडी मुलुकहरुमा रमदानको समयमा सार्वजनिक स्थानहरुमा खान र पिउन अवैधानिक मान्ने गरिन्छ । यसमा धुम्रपान लगायत चुइङ्गम पनि पर्नेछ । कतारको नियम अनुसार वर्तको समयमा खाएको वा पिईएको भेटिएमा ३००० रियाल र ३ महिना सम्मको जेल सजाय रहेको छ । त्यसैले वर्त नबस्नेहरुले कम्पनीले छुट्टै बनाइदिएको ठाउँमा खानपर्नेहुन्छ ।प्राय पसलहरु बन्द रहेपनि केही पसलहरुले खाने सामान बेच्दा आफ्नो कोठामा लगेर खादाँ राम्रो हुनेछ ।साथै वर्त बसेको मानिसहरुको अगाडी खाँदा र पिउँदा पनि अपराध नै मानिन्छ।

मदिरा पनि मनाही
मुस्लीम धर्म अनुसार मदिरा सेवन गर्न त्यसैपनि नराम्रो मानिन्छ ।झन रमदान महिनाभर मदिरा खान अवैधानिक नै रहेको छ । कतारको एक मात्र मदिरा बिक्रेता “कतार डिस्ट्रब्युसन कम्पनी” यो वर्ष मे २६ तारिख देखि इदको पहिलो दिन सम्मका लागि बन्द रहनेछ ।

आममाफी दिने समय
कतारमा जेलमा रहेका अपराधीहरुलाई आवश्यकता अनुसार नेशनल डे (डिसेम्बर १८) र रमदानको समयमा आममाफी दिने व्यबस्था रहेको छ ।

सात साल सम्मको जेल सजाय
लेखेर,चित्र कोरेर,व्यङ्ग्य गरेर तथा अन्य क्रियाकलापले भगवान अल्लाह को अपमान गरेमा।

पवित्र किताब कुरानको गलत व्याख्या,अपमान वा उल्लघंन गरेमा।

इस्लाम धर्मको कुनै तरिकाले अपमान गरेमा।

मस्जीदमा तोडफोड,जथाभावी कोरेर,लेखेर वा अन्य तरिकाले क्षति पुर्याएमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button