रमादान महिनाभरको लागि सरकारले कार्यसमय तोक्यो
कतारको न्याय तथा मन्त्रिमण्डल मामिला मन्त्रालयले आज सूचना प्रकाशित गर्दै यो वर्षको रमादान महिनाको लागि कार्य समय तोकेको छ। सरकारले अप्रिल २ देखि सुरु हुने रमादान महिना भर सरकारी कार्यालय,मन्त्रालय,तथा अन्य सरकारी निकायको लागि कार्य समय तोकेको हो।
सूचना अनुसार रमादान १४४३ ए एच महिना अवधिभर सरकारी कार्य समय बिहान ९ बजे बाट दिउँसो २ बजे सम्म तोकिएको छ । त्यस्तै दिनको ५ घन्टा काम गर्नेगरी कर्मचारीले बिहान १० बजे सम्म ढिला गर्न पाउनेछन् ।
निजी संस्थाको लागि
कतारी श्रम कानून अनुसार रमादान महिनामा सुरक्षा गार्ड,अस्पताल जस्ता संवेदनशील क्षेत्रमा कार्यरत कामदार बाहेक रोजा नबस्ने मुस्लिम तथा गैर मुस्लिम सबै कामदारहरूले दिन वा रात गरेर जम्मा ६ घण्टा काम गर्नुपर्ने कतारी श्रम कानूनमा उल्लेख छ। रोजा बस्ने कामदारहरुले भने जम्मा ६ घण्टा मात्र काम पाउनेछन्। यो साविकको कार्य समय भन्दा २ घण्टा कम हो। त्यस्तै अत्यावश्यक कामको स्थितिमा थप २ घण्टा ओभरटाइम दिने हिसाबले निजी संस्थाहरुले कामदारलाई काम लगाउन पाउनेछ।
दिनको जम्मा ६ घण्टा बढी काम लगाई ओभरटाइम नदिएको खण्डमा कामदारले श्रम मन्त्रालयको हटलाइन नम्बर १६००८ मा उजुरी गर्न पाउनेछन् ।
One Comment