रविलाई काठमाडौं लगियो
काठमाडौं, मंसिर १३-
सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको छ। काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि बुद्ध एयरमार्फत उनलाई काठमाडौं ल्याइएको हो।
लामिछानेलाई मङ्गलबार नै काठमाडौं ल्याउने तयारी गरिएको भएतापनिमौसम प्रतिकूल हुँदा सम्भव भएन। काठमाडौंमा उनीमाथि स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना सम्बन्धमा सोधपुछ हुनेछ।
यसअघि उनलाई बुटवल पुर्याएर फर्काइएको थियो। उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।