रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ, आज सार्वजनिक गरिँदै
काठमाडौं, मंसिर १३-
रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ ३२ गते भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले पक्राउ गरेको हो । उनलाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दैछ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, सुरेन्द्रले जग्गा सम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा हरिभुषणमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।