बिज्ञापन

राष्ट्रिय खेलकुद दिवस भब्यताका साथ मनाईयो

कतारले हिजो आफ्नो खेलकुद दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको छ।हिजो अमिर शेख तमिम विन हमाद अल थानी,राजपरिवारका सदस्य लगायत थुप्रै उच्चतहका सरकारी कर्मचारी लगायतको सहभागिता रहेको थियो।

सन् २०११ को धारा ८० बमोजिम हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गरी गरिएको फैसला अनुरूप कतारले हिजो ८ औं राष्ट्रिय खेलकुद दिवस मनाएको हो।

सम्पूर्ण देशवासीहरुलाई खेलकुद मार्फत स्वास्थ्य जीवन निर्वाहका लागि प्रेरित गर्न अमिर हिजो एस्पायर जोनले आयोजना गरेको विभिन्न खेलकुद गतिविधिमा सामेल हुनुभएको थियो ।

कतार फाउन्डेसनका प्रमुख एच एच शेखा मोजा विन्त नासेर ले पनि एजुकेसन सिटी आयोजित कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । उहाँ सँगै कतार ओलम्पिक कमिटीका प्रमुख शेख जोआन विन हमाद अल थानी,उद्योग तथा ऊर्जा मन्त्री लगायत उच्च तहका कर्मचारी सँगै हजारौं देशवासीहरुको सहभागिता रहेको थियो। 

कतार खेलकुदको लागि हरेक वर्ष एक दिन समर्पित गर्ने मध्यपूर्व कै पहिलो राष्ट्र हो। हरेक वर्ष झै हिजो सरकारले सार्वजनिक बिदा दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button