राष्ट्रिय ठेगाना दर्ताको प्रमाणपत्र निकाल्नुपर्ने
राष्ट्रिय ठेगाना दर्ताको प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने भएको छ ।
कतार सरकारले गत वर्षको जुलाई २६ सम्म यहाँ बसोबास गर्ने सम्पुर्ण कतारी नागरिक ,विदेशी तथा वैधानिक व्यक्तिहरुको लागि ‘नेशनल एड्रेश ल’ अर्थात राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने नियम ल्याएको थियो । सोही अनुरुप अहिले उक्त दर्ता गरेको ठेगानाको प्रमाणपत्र निकाल्नुपर्ने नियम आएको हो ।
यसै सन्दर्भमा दूतावासले आज एक सूचना प्रकाशित गर्दै ठेगानाको प्रमाणपत्र निकाल्न आग्रह गरेको छ । प्रमाणपत्र मेट्राश २ एप बाट निकाल्न सकिनेछ ।
यसरी निकाल्नुहोस प्रमाणपत्र :
१. मेट्राश २ एपमा गएर National Address मा थिच्नुहोस ।
२. Add National Address मा थिच्नुहोस ।
३. National Address Certificate मा थिच्नुहोस ।
४. सोधिएको विवरण भर्नुहोस । (जस्तैः हालको ठेगाना,देश बाहिरको ठेगाना,काम गर्ने ठेगाना आदि )
५. अङ्ग्रेजी वा अरबी भाषा छनौट गर्नुहोस ।
६. प्रमाणपत्र पठाउनुपर्ने ईमेल ठेगाना दिनुहोस ।
७. १० रियाल शुल्क तिरेर Confirm मा थिच्नुहोस ।
One Comment