विदेशबाट नेपाल जानेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने
विदेशबाट नेपाल जानेहरूले १० दिन होम-क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने भएको छ। आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विदेशबाट नेपाल आउनेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन् । त्यसरी विदेशबाट आएकाहरूले नेपालमा फेरी पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत गर्न नपाउने उक्त बैठकले निर्णय गरेको छ ।
विदेशबाट नेपालमा आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम-क्वारेन्टिन अनिवार्य बस्ने, पिसिआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल नगर्ने ‘मन्त्री गुरूङले भनेका छन् ।
मन्त्रिपरिषद्को थप निर्णयहरु
-
- मास्क नलगाउनेलाई १० रुपैयाँ जरीवाना, सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने
- होटल तथा रेष्टुराँ विहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइने
- मास्क नलगाए सार्वजनिक सवारी र कार्यालयमा प्रवेश निषेध
- विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने, मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाउने
पछील्लो समय नेपालमा कोरोना तिब्ररुपमा फैलिरहेको छ । आज मात्र नेपालमा १ हजार २२७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने आठ जना को मृत्यु भएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी युवाहरु रहेका छैन् । २० देखि ३९ वर्ष उमेर समूहका ५०० भन्दा बढीलाई संक्रमण देखिएको छ। १९ वर्ष भन्दामुनि ९८ जनामा संक्रमण देखिएको छ ।