विश्वकपको टाइसिट भोलि सार्वजनिक हुने
कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबल प्रतियोगिताको टाइसिट शुक्रबार सार्वजनिक हुँदैछ ।
कतारी समय अनुसार साँझ ७ बजे नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने २३ औँ विश्वकपको ड्र दोहा एक्जिबिसन एन्ड कन्भेनसनल सेन्टर बाट सार्वजनिक गरिदैछ ।
विश्वकप फुटबलमा सहभागी हुने ३२ मध्ये २९ टिमको टुंगो लागेको छ । यस विश्वकपमा युरोपबाट जर्मनी, डेन्मार्क ,फ्रान्स , बेल्जियम,क्रोएसिया,स्पेन,सर्बिया ,इङल्यान्ड, स्विजरल्यान्ड, नेदरल्यान्ड,पोर्चुगल,पोल्यान्ड छनौट भएका छन् ।
त्यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल,अर्जेन्टिना,इक्वेडर र उरुग्वे छनौट भएका छन् ।
एशियाबाट इरान, जापान, दक्षिण कोरिया र साउदी अरेबिया छानिएका छन् ।
उत्तर अमेरिकाबाट मेक्सिको, अमेरिका र क्यानडा विश्वकपमा छनौट भएका छन् ।
अफ्रिकाबाट घाना,सेनेगल,टुनिसिया,मोरोक्को र क्यामरुन कतार आउनेछ ।
कसरी हुन्छ विश्वकपको ड्र ?
फिफाका अनुसार ड्रमा ३२ टिमलाई ८ समुहमा विभाजन गरिने छ ।
फिफाको हालको वरियता अनुसार शिर्ष वरियताका ७ टिम र आयोजक कतारलाई एउटा पटमा राखिने छ । त्यसपछिका वरियताका ८ टिमलाई अर्को पटमा राखिने छ । यसै गरी ३२ टिमलाई ४ पटमा विभाजन गरिने छ । यसरी हरेक समुहमा चार टिम छानिने छ । कतार आयोजक भएको हिसाबले समुह ए मा रहने फिफाले जनाएको छ ।
त्यस्तै हालको वरियता अनुसार आयोजक कतारसहित इङल्यान्ड , ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, स्पेन र फ्रान्सलाई एक पटमा राखिने भएको छ । यसबाट शिर्ष वरियताका यी टिमहरु एउटा समुहमा नपर्ने निश्चित छ ।
हरेक समुहका टिमहरु एक अर्कासँग खेले पछि शिर्ष दुई टिम दोस्रो चरणमा प्रवेश गर्ने फिफाले जनाएको छ ।
2 Comments