बिज्ञापन

विश्वकपको टिकट किनबेच गरे जरिवाना हुने

फिफाको अनुमति बिना विश्वकपको टिकट किनबेच र सट्टापट्टा गर्ने जोकोहिलाई पनि कारबाही हुने कतारी  न्याय मन्त्रालयले बताएको छ ।

सन् २०२१ को कानून नम्बर १० बमोजिम टिकट जारी गर्ने,पुन बिक्री गर्ने र टिकट साट्नेलाई दुई लाख पचास हजार रियाल सम्मको जरिवाना हुने प्रावधान रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

कुनैपनि पुरस्कार,चिट्ठा,होटेल तथा उडान प्याकेज वा अन्य कुनै व्यवसायीक प्रयोजनमा फिफाको अनुमति बिना विश्वकपको टिकट प्रयोग गर्न पाइने छैन । त्यस्ता रुपमा टिकटको प्रयोग गरेको भेटिए फिफाले टिकट तुरुन्तै रद्द गर्न पाउनेछ ।

यदि कुनै कारणवश खेल हेर्न जान नसकेको अवस्थामा मुख्री निवेदकको मातहतमा उक्त टिकट अर्को व्यक्तिको नाममा सार्न भने सकिन्छ । त्यस्तै टिकट बिक्री गर्न चाहेको अवस्थामा फिफाको टिकट रिसेल प्लाटफर्ममा निवेदन दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button