विश्वकपको बेला स्थानीयलाई निजि सवारी प्रयोग गर्न आग्रह
फिफा विश्वकप २०२२ आयोजक समितिले स्थानीय र विदेशी दर्शकको लागि मुख्य यातायात बारे जानकारी जारी गरेको छ ।
आज आयोजना भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिदै यातायात सञ्चालनका कार्यकारी निर्देशक अब्दुलअजीज अल मलावीले मेट्राे ,बस र ट्याक्सी पुर्ण तयारीका अवस्थामा रहेको बताएका छन् । प्रतियोगिताको समयमा ११० मेट्राेले तीन मिनेटको फरकमा शनिबारदेखि बिहीबार सम्म बिहान ६ देखि बिहान ३ बजे सम्म संचालन हुनेछ । त्यस्तै मेट्राेले शुक्रबार बिहान ९ बजे देखि सेवा सुचारू गर्नेछ ।
दर्शकको यातायात सेवाका लागि ६ किसिमका २,३०० बस संचालन हुने कर्वाका प्रमुख अह्मद अल ओबैदीले जानकारी दिएका छन् ।
हय्या कार्ड भएका दर्शकले सार्वजनिक सवारी निशुल्क चढ्न पाउनेछन् । त्यसका अलवा कर्वा ट्याक्सी ,करिम,उबर लगायतका सवारीहरु पनि शशुल्क उपलब्ध हुनेछ ।
नोभेम्बर १ देखि कालो नम्बर प्लेट भएको सामान्य सवारीलाई मध्य दोहा भित्र प्रवेशमा रोक लगाइनेछ । त्यस्तै प्रतियोगिताभर कर्नेश पैदलयात्रीको लागि मात्र छुट्टाईएको छ ।
ए रिङ्ग रोड भित्र बस र ट्याक्सी लगायतका सार्वजनिक सवारीको लागि भिन्नै लेन छुट्टाईएको छ । अन्य सवारीले नियम उल्लंघन गरे कारबाही हुने समितिले बताएको छ ।
स्थानीय दर्शकलाई सार्वजनिक सवारी भन्दा पनि निजि सवारी प्रयोग गर्न समितिले आग्रह गरेको छ ।
कर्वा बस,मेट्राे , रंगशाला लगायत अन्य सम्पुर्ण जानकारी लिन हय्या एप प्रयोग गर्न सकिनेछ ।