"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

विश्वकपमा आज चार खेल, मेसीका मुख्य चुनौती नाइजेरियाका अहमद मुसा

रसियामा जारी फिफा विश्वकप फुटबलमा आज ४ खेलहरू हुनेछन् । समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेल समूह सी मा रहेका ‘अष्ट्रेलिया र पेरू’ बिच कतारको समय अनुसार साँझ ५ बजे बाट सुरु हुनेछ भने सोही समयमा नै ‘फ्रान्स र डेनमार्क’ बिच प्रतिस्पर्धा पनि हुनेछ ।

अष्ट्रेलियको झिनो सम्भावना कामयै छ भने फ्रान्स अन्तिम १६ मा स्थान बनाउन सफल भइसकेको छ।  अघिल्लो चरणका लागि अष्ट्रेलियले जितेर मात्र पुग्नेछैन ऊ अन्य टोलीको खेलमा पनि भर पर्नुपर्नेछ। यदी फ्रान्सले बराबरी खेलको खण्डमा पनि अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने छ। पेरू उद्घाटन खेलमा डेनमार्कसँग र दोस्रो खेलमा फ्रान्ससँग समान १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरि सकेको छ ।

त्यस्तै आजको तेस्रो खेल राती ९ बजे समूह डी मा रहेका अर्जेन्टिना र नाइजेरिया बिच हुनेछ भने राती ९ बजे नै चौथो खेल क्रोएसिया र आइसल्याण्ड बिच प्रतिस्पर्धा हुनेछ ।  

क्रोएसिया अन्तिम १६ मा प्रवेश गरी सकेको छ भने नाइजेरियाले आजको खेल जितेमा वा बराबरी खेलेमा ऊ पनि अन्तिम १६ मा प्रवेश गर्नेछ ।  

क्रोएसियासँग ३–० को लज्जास्पद हार ब्यहोरेको, अघिल्लो विश्वकपमा उपविजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गर्नका लागि उस्ले आजको खेल जित्नै पर्ने हुन्छ अझ अर्जेन्टिनाले जितेर मात्र हुँदैन आज राती ९ बजे नै हुने चौथो खेल “क्रोएसिया र आइसल्याण्ड” बिचको खेलले उस्को भाग्य निर्धारण गर्नेछ  । 

अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गर्नका लागि यस्तो छ सम्भावना  

 

 १)  क्रोएसियाले आइसल्यान्डलाई हराउनु पर्ने
      – आइसल्याण्डले नाइजेरियालाई बराबरीमा रोक्नुपर्ने र
      – अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्ने

यस्तो अवस्थामा क्रोएसियाले आइसल्यान्डलाई हराउँदै क्रोएसिया ९ अंक साथ समुह बिजेता बन्नेछ । अर्जेन्टिना ४ अंक साथ उपविजेता बन्नेछ । आइसल्याण्डको २ अंकका साथ तेस्रो र नाइजेरिया १ अंक साथ चौथो हुनेछ ।

२) क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने
    – नाइजेरियाले आइसल्याण्ड हराउनुपर्ने
    – अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्ने
यस्तो अवस्थामा क्रोएसियाको ९ अंक, अर्जेन्टिनाको ४, नाइजेरियाको ३ अंक, आइल्याण्डको १ हुनेछ । ४ अंकका साथ अर्जेन्टिना उपविजेता हुनेछ ।

३) क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने
    – आइसल्याण्डले नाइजेरियालाई हराएमा
    – अर्जेन्टिनाले नाइजेरियालाई फराकिलो २:० गोल अन्तरले हराउनु पर्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button