विश्वकपमा आज तीन खेल, जर्मनी र ब्राजिल पहिलो खेल खेल्दै
रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तरगत आज आईतबार तीन खेलहरु हुँदैछन् ।
आजको पहिलो खेलमा कोस्टारिका विरुद्ध सर्बिया बीच दिउँसो ३ बजे, दोस्रो खेल बेलुका ६ बजे जर्मनी र मेक्सिको र आजको तेस्रो खेल कतारको समय अनुसार अनुसार राती ९ बजे ब्राजिल र स्वीट्जरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ ।
लाईभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
जर्मनी विरुद्ध मेक्सिको
विश्वकपकै बलियो टोलीमध्येको एक जर्मनीले चार वर्षअघि ब्राजिलमा चौथो पटक विश्वकपको उपाधि जितेको थियो । र, अहिले उसले सन् १९६२ पछि पहिलो पटक लगातार दुई विश्वकपको उपाधि जित्ने कीर्तिमान बनाउन चाहन्छ । समूह एफको पहिलो खेलका रुपमा जर्मनीले मस्कोको लुज्निकी रंगशालामा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।
जर्मनीले रुस विश्वकपसम्म आउँदा युरोपियन क्षेत्रको छनोटमा १० खेलमा १० मै जित निकालेको थियो । यसक्रममा जर्मनीले कीर्तिमानी ४३ गोल गरेको थियो । त्यसपछि विश्वकप तयारीका लागि भएको ६ मैत्रीपूर्ण खेलमा भने जर्मनीले एकमा मात्रै जित निकाल्यो । साउदी अरेबियालाई २-१ ले हराएको थियो ।
यता मेक्सिकोको यो १६ औँ विश्वकप हो र उसले अहिलेसम्म सेमी फाइनल सम्म पुग्न सकेको छैन ।
ब्राजिल विरुद्ध स्वीट्जरल्याण्ड
चार वर्ष घरेलु भूमिमा व्यहोरेको ७–१ को अपमान बिर्सिने रणनीतिका साथ ब्राजिल स्वीट्जरल्याण्डविरुद्ध उत्रिनेछ । प्रशिक्षक टिटेले जिम्मेवारी लिएदेखि ब्राजिलको टिममा भरोसा फर्किएको पनि छ । टिटे सन् २०१६ को जुनमा ब्राजिलको जिम्मेवारी लिन आएका हुन् ।ब्राजिलमा नेयमार, फिलिपे काउटिन्हो, विलियन र गाब्रियल जेसस जस्ता विश्वका महंगा खेलाडी आक्रमण पंक्तिमा छन् । नेयमार चोटका कारण सिजनको अन्तिम खेलहरु गुमाएका उनी मैदान त फर्किसकेका छन् तर, प्रशिक्षक पूर्ण रुपमा फिट रहेको बताएका कारण पहिलो रोजाइँमा नपर्ने सम्भावना छ ।
स्वीट्जरल्याण्ड पछिल्लो दुई वर्षमा निकै राम्रो फर्ममा छ । सन् २०१६ को सुरुवातमा भएको युरोपियन च्याम्पियनसिपपछि खेलको १७ खेलमा स्वीट्जरल्याण्डले एक हार खेलेको थियो भने दुई बराबरी खेलेको छ । स्वीट्जरल्याण्डको यो ११ औँ विश्वकप सहभागिता हो र उस्ले ब्राजिललाई दबाबमा पार्न सक्दछ ।
ब्राजिल र स्वीट्जरल्याण्डबीच अहिलेसम्म ८ पटक खेल भएको छ । यसमा ब्राजिलले तीन खेलमा मात्रै जित निकालेको छ । तीन खेलमा बराबरी भएको छ । दुई खेल स्वीट्जरल्याण्डले जितेको छ ।