विश्वकप फुटबल २०१८
एसियाबाट जापान, साउदी अरेबिया, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया गरी ५ देश । युरोपबाट आयोजक रूस, पोर्चुगल, जर्मनी, बेल्जियम, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ देश । उत्तर अमेरिकाबाट कोस्टारिका, मेक्सिको र पानामा । दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र पेरु र यस्तै अफ्रिकाबाट इजिप्ट, नाइजेरिया, सेनेगल, ट्युनिसिया र मोरक्को गरी ५ देश सहभागी हुँदैछन् ।
आयोजक रुस विश्वकपमा डेब्यू गर्दैछ भने आइसल्याण्ड र पानामाले पहिलो पटक विश्व कप खेल्नेछन् ।
तपाईं कतारमा हुनुहुन्छ, तपाईंको मनपर्ने देशले कहिले र कती बजे खेल्नेछ भन्ने जिज्ञासा लगेको छ भने यो लिन्क मा जानुहोला यस्तो छ फिफा विश्वकप २०१८ को खेल तालिका कतारको समयमा ।
आज, जुन १४, तारिक बिहीवार | कतारी समय | खेल हुने ठाउँ | टि.भी च्यानल |
---|---|---|---|
रुस विरुद्ध साउदी अरेबिया | साँझ ६ बजे | मस्को | beIN SPORTS |
भोली
शुक्रबार , जुन १५ | कतारी समय | खेल हुने ठाउँ | टि.भी च्यानल |
---|---|---|---|
इजिप्ट विरुद्ध उरुग्वे | दिउँसो ३ बजे | इकाटेरिनबर्ग | beIN SPORTS |
मोरक्को विरुद्ध इरान | साँझ ६ बजे | सेन्ट पिटर्सवर्ग | beIN SPORTS |
पोर्चुगल विरुद्ध स्पेन | राती ९ बजे | सोची | beIN SPORTS |
फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ । विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।यसपाली उदघाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतीहरुमा केन्द्रित हुने बताइएको छ ।