विश्व प्रख्यात नोकिया ३३१० फोन अब कतारमा
विश्व बजारमा धमाकेदार पुनरागमन गरेको नोकिया ३३१० मोडल फोन अब कतारमा पनि उपलब्ध भएको छ । यसै वर्ष विश्व मोबाइल कङ्गेस,बार्सिलोनामा लञ्च भएको यस सेटमा २ दशमलब ४० इन्च डिस्प्ले,१६ एमबी स्टोरेज क्षमता,२ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ भने १२०० एमएएचको ब्याट्री रहेको छ । त्यस्तै यसमा ब्लुटुथ,एफएम,दुई सिम लगायतका फिचर्स समावेश छन् ।साथै कम्पनी अनुसार यो फोनले एक महिनाको स्ट्याण्डबाइ टाइम दिने छ र यसमा २२ घन्टा सम्म कुरा गर्न सकिनेछ ।यो हल्का रातो,पहेँलो र गाढा निलो र खैरो रङ्गहरुमा उपलब्ध छन् ।
कतारमा यसको मुल्य १९९ रियाल पर्नेछ ।
यो फोन करिब १७ वर्ष पहिले लञ्च भएको थियो र विश्वमै सबैभन्दा धेरै बिक्री भएको फोन बनेको थियो । नोकिया ३३१० बलियो,टिकाउ र स्नेक गेमका लागि प्रख्यात रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो