बिज्ञापन

शार्क रोड बन्ने

कतारमा शार्क क्रसिङ रोड बन्ने भएको छ । देशको मुख्य पुर्वाधार रहेको यो रोड हमाद विमानस्थल देखि वेस्ट बे एरिया सम्म जम्मा १२ किलोमिटर समुन्द्र माथी रहनेछ । त्यस्तै दुई रोड जोड्ने पुलको बिचमा समुन्द्र मुनि एक किलोमीटरको सुरुङ्ग मार्ग पनि रहनेछ र त्यसको माथी जहाज सजिलै हिड्न सक्नेछ । परियोजना निर्माणअर्को वर्षको जुन महिना देखि सुरु गर्दै चार वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रोडको निर्माण पूरा भएपछि सवारीहरु रस अबु अबौद देखि वेस्ट बे एरिया जम्मा सात मिनेटमै पुग्न सक्नेछन् । रोड बाटै रस अबु अबौद र लुसेल रंगशाला पनि पुग्न सकिनेछ । यसअघि सन् २०१३ मा यो परियोजनाको घोषणा भएको थियो तर विभिन्न कारणबस कार्य अघि बढ्न सकेको थिएन ।

प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख अब्दुलाह बिन नासेर बिन खलिफा अल थानीको निर्देशनमा सार्वजनिक कार्य विभागले आज परियोजनाको बारेमा एक विस्तृत कार्यक्रम बिच उक्त घोषणा गरेको हि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button